घटस्थापना नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ प्रत्येक जातजातिका आ-आफ्नै परम्परा र चाडबाड छन्। तथापि बडादसैं त्यो चाड हो जुन प्राय: सबै जातजाति र जनसमुदायले मनाउँछन्। नेपालीहरूको महान् चाड भएकैले यसलाई ‘बडादसैं’ भनिएको हो। यस पर्वको धार्मिक, आध्यात्मिक, पारिवारिक, सामाजिक, सांस्कृतिक एवं राष्ट्रियताका हिसाबले उत्तिकै महत्त्व छ। दसैं भन्नासाथ सबैको मनमा एक किसिमको आनन्द सञ्चार हुन्छ। मीठो खाने र राम्रो लाउने अवसरका साथ यो पर्वले घरघरमा, जनजनमा र मनमनमा उत ्साह र उमंग निम्त्याएको हुन्छ। साधक तथा उपासकहरूका लागि यो भगवतीको आराधना गरेर शक्ति आर्जन तथा अभीष्ट सिद्धि गर्ने समय हो। गाउँ–सहर तथा समाजका लागि सरसफाइ, विकास निर्माण, भेटघाट, मेला, उत्सव एवं मनोरञ्जन गर्ने अवसर समेत बडादसैंले जुटाउने गर्दछ। प्रत्येक वर्ष आश्विन महिनाको शुक्ल पक्षभरि मनाइने पर्व दसैं हो। दसैं लागेपछि घरको सरसफाइ, लिपपोत र विशेष साजसज्जा गरिन्छ। आश्विन शुक्लपक्षको प्रतिपदा तिथिमा नवदुर्गालाई आवाहन गरेर घटस्थापना गरी घर–घरमा दसैं भित्र्याइन्छ। नौ दिनसम्म नवदुर्गा भवानीको पूजा–आराधना गरेपछि दशमीका...
Posts
Showing posts from September, 2019
INDRA JATRA - KATHMANDU
- Get link
- X
- Other Apps
INDRA JATRA Living Goddess or Kumari Another example of a peculiar goddess of the Kathmandu valley is the living goddess or Kumari. The worship of the virgin living goddess was instituted by Jaya Prakash Malla. Later all the three Malla Kings of Bhaktapur, Lalitpur and Kathmandu started wors hipping the virgin goddess from the later part of the 16th century. The Kumari worship was continued by Shah rulers also. However, kingship has been abolished on May 28 2008. Kumari is very popularly worshiped by the Newars of the Kathmandu valley. Kumari is also included among mother goddess and is regarded as incarnation of Kali.
Indra Jatra 13 Sep 2019
- Get link
- X
- Other Apps
काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।